नेभिगेशन
राजनीति

रास्वपामाथि गोकुलको अर्को ‘झटारो’

काठमाडौं– एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि अर्को झटारो प्रहार गरेका छन्।

रास्वपा उपसभापति स्वर्णिम वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेको विषयलाई लिएर कटाक्ष गरेका हुन्।

गृहमन्त्री रमेश लेखकविरुद्ध भिजिट भिसा प्रकरणमा छानबिन र राजीनामाको माग गर्दै सदन अवरुद्ध गर्दै आएको रास्वपाले कांग्रेसको पिँढी धाएको भन्दै यस्तो टिप्पणी गरेका हुन्।

बास्कोटाले फेसबुकमा ‘भिजिट भिसाको विषयमा संसदमा पलेंटी कसेर दिनदिनै तमासा देखाउनेहरू रातभर कांग्रेस नेताको पिँढीमा ‘देऊ न मलाई बास’ भन्दै मुरलीको धुन किन बजाइरहेका होलान् ?’ भनेर लेखेका छन्।

उनले यो प्रकरणमा नयाँ ट्वीस्ट आयो भने नेपाली राजनीतिको आठौँ आश्चर्य नमान्न अनुरोध पनि गरे।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति