नेभिगेशन
राजनीति

सरकारबाट बाहिरिने नागरिक उन्मुक्ति पार्टीको घोषणा

काठमाडौं -नागरिक उन्मुक्ति पार्टीकी सांसद रंजिता श्रेष्ठले आफ्नो पार्टी सरकारबाट अलग भएर प्रतिपक्षमा बस्ने घोषणा गरेकी छिन् । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई  कुनै औपचारिक संवाद, कारण वा प्रक्रिया विना हटाइएपछि उनले विरोध गर्दै आएकी थिइन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफ्ना सांसदहरुको बेइज्जती भएको र सांसदको बेइजती पार्टीको हुने भन्दै पार्टीप्रति जनताको विश्वासकाे अवमूल्यन भएको जनाइन् । उनले अब आफूहरु सदनमा दृढताका साथ प्रतिपक्षको भूमिकामा उभिने बताइन् । 

मन्त्री चौधरीलाई बर्खास्त गर्ने  कार्य  केवल असंवैधानिक मात्र नभइ अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण भएको उल्लेख गरिन् । ‘हामी यो कदमलाई सत्ता घमण्ड, मनपरी र लोकतान्त्रिक मूल्यमाथिको अपमानको रूपमा लिन्छौं। पार्टीभित्र गहिरो छलफल र पार्टी संरक्षक माननीय रेशम चौधरीज्यूको दृढ मार्गदर्शन अनुसार,नागरिक उन्मुक्ति पार्टी अबप्रतिपक्षको भूमिकामा बस्ने निर्णयमा पुगेको छ।यो निर्णय जनताको म्यान्डेट,पार्टीको सम्मान र जननिर्वाचित प्रतिनिधिहरूमाथिको गरिमाको संरक्षणका लागि गरिएको सैद्धान्तिक र दूरदर्शी कदम हो,’ उनले भनेकी छिन् । 

नागरिक उन्मुक्ति पार्टीको संघीय संसदमा चार, मधेसमा एक, लुम्बिनीमा चार र सुदूरपश्चिममा साट जना सांसद सहभागी छन् ।  यो  उपस्थिति केवल सांसदहरूको संख्यामा मात्र सीमित नभइ जनताको भरोसा, संविधानप्रतिकाे  निष्ठा र उत्पीडित समुदायहरूको आवाजको प्रतिनिधित्व भएको उल्लेख गरिन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति