नेभिगेशन
समाज विविध

चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते

काठमाडौं- चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको छ।

पुर्वपश्चिम राजमार्गको खहरेपु स्थितमा धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गई रहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको इभी गाडी ठोक्किँदा ७ जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन् । 

घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ। प्रहरीका अनुसार मकवानपुर-३ का सोम प्रसाद रुपाखेती, मकवानपुर हेटौंडा- ५ का मैंया कुमारी न्यौपाने पहाडी र नाम नखुलेको ३ जना महिला, २ पुरुषको मृत्यु भएको हो। उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा लगेपनि मृत्यु भएको हो। केही घाइतेलाई एलाईभ अस्पताल भरतपुरमा लगिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध