नेभिगेशन
समाज विविध

सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाभित्रका छ स्वास्थ्य संस्थालाई पोषणमैत्री वडा घोषणा भएका छन् ।  गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाका अनुसार पोषणका आधारभूत सूचक पार भएपछि पालिकाभित्रका स्वास्थ्य संस्था पोषणमैत्री संस्था घोषणा गरिएको छ ।

उनले भने, “सिंजा-३ मा रहेको नराकोट स्वास्थ्य चौकी, वडा नं १ मा रहेको धापा स्वास्थ्य चौकी, वडा नं ५ स्थिति शनिगाउँस्थित स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरिएको छ । यसैगरी आधारभूत स्वास्थ्य केन्द्र वडा नं २ को विष्टबाडा, आधारभूत स्वास्थ्य केन्द्र वडा नं ४ को देवीडाँडा, आधारभूत स्वास्थ्य केन्द्र वडा नं ६ मा रहेको स्वास्थ्य चौकी समेत पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।”

यही असार ९ गते गाउँपालिकालाई पोषणमैत्री पालिका घोषणा गरिने कार्यक्रम तय भएको छ । यसका साथै पोषण प्रदर्शनी मेला गरिने छ । यस अभियानमा साझेदार संस्था प्लान नेपाल र पेस नेपालले लामो समयदेखि स्वास्थ्य संस्थालाई सहयोग गरेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध