नेभिगेशन
समाज विविध

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

अमरगढी (डडेल्धुरा)- परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । 

जोगबुडास्थित इलाका प्रहरी कार्यालयका  प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो। तत्काल अस्पताल पुर्‍याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । 

उनी स्थानीय शिवशंकर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध