नेभिगेशन
समाज विविध

१४ बर्षिया किशोरीको शवको दुई सय मिटर पर झुन्डिएको अवस्थामा फेला परे राई

गाईघाट– उदयपुरको चौदण्डीगढी नगरपालिकामा दुई जनाको शव फेला परेको छ। १४ बर्षिया किशोरी र २८ बर्षिय युवकको शव दुई सय मिटरको दूरीमा फेला परेको हो।

चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा शंकास्पद अवस्थामा किशोरी र युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

स्थानीय २८ वर्षीय रविन राई र सोही ठाउँकी १४ वर्षीया किशोरी मञ्जु राईको शव बुधबार बिहान गाउँमै फेला परेको हो।

मञ्जुको शव अमलचौरीको सार्वजनिक बाटोमा फेला परेको र त्यसको दुई सय मिटर नजिकै रविनको शव झुन्डिएको अवस्थामा फेला परेको हो। 

घटनाको प्रकृति हेर्दा युवकले बलात्कारपछि किशोरीको हत्या गरेको र त्यसपछि आफूले आत्महत्या गरेको आशंका स्थानीयले गरेका छन्।

इलाका प्रहरी कार्यालय बेल्टारबाट इन्स्पेक्टर बबिन राईको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको उनले बताए। शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान परिक्षणका लागि पठाइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध