नेभिगेशन
समाज विविध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राती अवैध सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित भारतीय नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानीलाई प्रहरीले पक्राउ गरेको हो।

विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो। अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको छ।

एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध