नेभिगेशन
समाज विविध

इजरायलको आक्रमणमा इरानी गुप्तचर एकाइका प्रमुखको मृत्यु

काठमाडौँ - इजरायलको आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सको गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्ससँग सम्बन्धित तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले काजेमी बाहेक उनका उप-कमाण्डर मोहसिन बाकेरी पनि इजरायली आक्रमणमा मारिएको बताएको छ ।

काजेमीको मृत्युलाई इरानको सैन्य र गुप्तचर संरचनामा ठूलो धक्का मानिएको छ । यसअघि पनि कोर्प्सका प्रमुख मोहसिन बघेरी र जनरल होसेन सलामी इजरायली आक्रमणमा मारिएका थिए ।

इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा अहिलेसम्म २२४ जनाको मृत्यु भएको बताएको छ भने एक हजार २७७ जनाभन्दा बढी घाइते भएका छन् ।      

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध