नेभिगेशन
समाज विविध

आईटी पढेका युवालले आफैं गर्न खोज्दा राज्यले बेवास्ता गरिदियो, किटनाशक खाएर दिए ज्यान

काठमाडौं– प्राविधिक शिक्षा पढेर कृषिलगायत विभिन्न क्षेत्रमा लागानी गरी आत्मनिर्भर बन्न खोज्दा चारैतिर धोका पाएपछि तिलोत्तमा नगरपालिकाका एक युवाले ज्यान त्याग गरेका छन्।

तिलोत्तमा–१४ सुपौलीका युवा टोपबहादुर क्षत्रीले किटनाशक औषधि खाएर ज्यान त्याग गरेको बताइएको छ।

उनले पछिल्लो पटक खासगरी तरकारी ब्यापारलाई प्राथमिकता दिएका थिए। 

स्वदेशमा आफैंले उत्पादन गरेका तरकारी कुहिएर जाने तर सुनौली सीमा नाकाबाट भित्रिने भारतीय तरकारले मात्र ब्यापार पाउन थालेपछि व्यावसायमा क्षत्रीलाई नोक्सानी मात्र भएको थियो। 

यसबाहेक बिकेका तरकारीको पनि उधारो रकम नउठ्ने र राज्यको शुलभ ऋण समेत नपाउने अवस्था बनेपछि क्षत्री विक्षिप्त बन्न थालेका थिए।

उनका नजिकका गाउँले रनबहादुर थापाले भने,‘ नेपालमै केहि गर्नुपर्र्छ भनेर आइटी पढेको एक युवाले ब्यापार गरे उद्यारो खाइदिने, कर तिरेन भनेर छत्तीसे राजाहरुले सताउने, विभिन्न कृषि पेशा गरे आय भन्दा लागत धेरै बजार छैन, आफ्नो सीपको प्रयोग गरौं खुट्टा तान्ने र कुरा काट्ने मात्रै छन समाजमा। यसरी न त समाजले साथ दियो न त राज्यले साथ दियो। अन्तमा ब्यापार, कृषि, इन्स्टीच्यूट, सामाजिक संघ संस्थामा थुप्रै असफलताहरुको अनुभव लिएर यो संसारबाट कलिलो उमेर मै विदा लिए हाम्रो भाइ टोप बहादुर क्षेत्रीले।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध