नेभिगेशन
सुरक्षा–अपराध

तातो दालको भाँडोमा परेका कैदीको मृत्यु

ललितपुर- ललितपुरको नक्खु कारागारमा एक जना कैदीको मृत्यु भएको छ।

कारागारका प्रमुख भीमराज कोइरालाका अनुसार कर्तव्य ज्यान र जबर्जस्ती करणीको कसुरमा २० वर्ष कैद तोकिएका व्यक्तिको तातो दालमा परेर मृत्यु भएको हो। 

आइतबार नै दाल पकाउने क्रममा घाइते भएका ती कैदीलाई उपचारका लागि किर्तिपुर वर्न अस्पताल लगिएको थियो। अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको हो। 

ती कैदी कारागारभित्रै आन्तरिक प्रशासनबाट भान्सामा काम गर्दै आएका थिए। २०८७ सालमा कैद भुक्तान गरिसक्ने उनी ३ वर्षदेखि नक्खु कारागारमा थिए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

दुर्गा पनि पुगे डिल्लिबजार जेल