नेभिगेशन
राजनीति

सदन खुलाउने वार्ता सहमति नजिक

काठमाडौँ- भिजिट भिसा प्रकरणले अवरुद्ध सदन खुलाउनको लागि सत्ता र प्रतिपक्ष सहमति नजिक पुगेका छन् ।

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र गृहमन्त्रीमाथि छानबिनबाटै ब्याक भएपछि आजदेखि सदन सहज सुचारु हुने संकेत देखिएको हो ।

काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफूहरू सहमति नजिक पुगेको दाबी गरे । उनले भने, ‘हामी अहिले छलफलमा छौँ, सदन आजदेखि खुल्छ । त्यही सहमतिको तयारीमा छौँ ।’

माओवादी र नेकपा एकीकृत समाजवादी गृहमन्त्री रमेश लेखकमाथि छानबिनबाट ब्याक भए पनि रास्वपाले आफ्नो अडान छाडेको छैन ।

‘प्रचण्ड’ नै ब्याक भएपछि आफ्नो पाँच बुँदे अडानमा लिइरहेको रास्वपा सदनमा एक्लिने अवस्थामा पुगेको छ । यद्यपि, विपक्षी दलहरू साझा धारणा बनाउन छलफलमा छन् ।

दलहरू छलफलमा केन्द्रित हुँदा दिउँसो १ बजेका लागि बोलाएको बैठक अझै सुरु हुन सकेको छैन । हिजै काँग्रेस, एमाले र माओवादीबीच अख्तियारले गरिरहेको छानबिनमा सरकारले पूर्ण सहयोग गर्ने र भिजिट भिसाबारे अध्यागमनमा देखिएको समस्याको संरचनात्मक सुधारको निम्ति काम गर्ने गरी सहमति भइसकेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति