नेभिगेशन
राजनीति

महासचिव शंकर पोखरेलको गृह प्रदेशमा ८७ नेताले एमाले छाडे

काठमाडौं– नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेल १८ औं शताब्दिको सामन्तवादी आहालमा डुबेको भन्दै लुम्बिनी प्रदेशका ८७ जना एमाले स्थानीय नेताले पार्टी छाडेका छन्। 

संयुक्त विज्ञप्ति जारी गरेर पार्टी त्याग गरेको घोषणा गरिएको हो।

लुम्बिनी प्रदेश सभा निर्वाचनमा एमाले उम्मेदवार समेत रहेका गिरीराज केसी संयोजकत्वमा पार्टी छाड्नेहरूमा ५ जना निवर्तमान लुम्विनी प्रदेश कमिटी

सदस्यसहित वडा कमिटीभन्दा माथि संगठकको भूमिकामा रहनेले पार्टी त्यागेका हुन्। 

एमालेबाट विद्रोह गरेको भनी विज्ञप्तिमा सामूहिक पार्टी परित्यागको घोषणा गरिएको छ।

पार्टी छाड्नुको कारणमा ओली र पोखरेलका प्रवृत्ति रहेको भन्दै ‘हाम्रो पार्टीका अध्यक्ष र महासचिवहरु चरम नशामा चुर भएर कहिले कर्णाली वासिहरुले चामल देख्न नपाएको त कहिले युवाहरु रहरले विदेश गएका जस्ता बहुलठ्ठीपूर्ण कुराहरु गर्दै हुनुहुन्छ’ समेत भनिएको छ।

लुम्बिनी प्रदेश उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गृह प्रदेश हो। यो प्रदेश एमालेको लालकिल्ला पनि मानिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति