नेभिगेशन
सुरक्षा–अपराध

धनगढीमा प्रहरीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लियो

कैलाली प्रहरीले धनगढीमा गोली हानेर दुई जनालाई नियन्त्रणमा लिएको छ । कैलालीको भजनी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

गोली हानेर नियन्त्रणमा लिइएकामा रिदम ढुंगाना र मिलन चन्द रहेका छन् । दुवैलाई गोली लागेको छ । घाइते उनीहरुलाई अहिले अस्पताल लगिएको प्रहरीले जानकारी दियो ।

कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार विभिन्न आपराधिक क्रियाकलापमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

दुर्गा पनि पुगे डिल्लिबजार जेल