नेभिगेशन
सुरक्षा–अपराध

आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै कालोमोसो

काठमाडौं- बम विष्फोटका घाइतेहरूलाई जिउँदै इट्टाभट्टामा पोलेको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका कांग्रेस नेता मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशमाथि कालोमोसो प्रहार भएको छ ।

नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई कालोमोसो प्रहार गरेका हुन् । न्यायाधीश थारू र अर्का न्यायाधीश अर्जुन महर्जनको इजलासले प्रमाण नपुगेको भन्दै सपाइ दिएको थियो ।

नेकपा बहुमतका कार्तकर्ताले इजलासमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

दुर्गा पनि पुगे डिल्लिबजार जेल