नेभिगेशन
राजनीति

अनेरास्ववियुको मतदान समय ३ घण्टा थप

काठमाडौँ- नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको महाधिवेशन अन्तर्गत जारी मतदानको समय ३ घण्टा थप गरिएको छ । 

बिहीबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको मतदानको समय बेलुका ७ बजेसम्म थप गरिएको प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले जनाएका छन् । 

अनेरास्ववियुको २४ औँ महाधिवेशन जेठ २५ गतेदेखि काठमाडौँको कीर्तिपुरमा जारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति