नेभिगेशन
राजनीति

सभामुख बिचौलियाको पक्षमा उभिएको ज्ञानेन्द्र शाहीको आरोप

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख र संसद् बिचौलियाको पक्षमा उभिनुभएको आरोप लगाएका छन्।

संघीय संसद् भवनमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् र सभामुख स्वयं बिचौलियाको पक्षमा उभिएपछि संसद् बहिष्कार गर्नुपरेको बताएका हुन्।

उनले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध जनाइरहँदा सभामुखले संसद् सुचारु गरेका थिए। उनले एक जना सांसदले विरोध जनाउँदा संसद् चल्न नसक्ने नियमावली रहेको भए पनि सभामुखले नियमावलीविरुद्ध गएर संसद् सुचारु गरेको बताए।

प्रमुख सचेतक शाहीले संसद्‌मा उठेका आवाज सम्बोधन नगर्ने भएपछि संसद्‌भित्र बस्नुको औचित्य नरहेको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति