नेभिगेशन
राजनीति

मनिष झाले भने- सभामुखले हामीलाई बोल्न दिनुभएन

काठमाडौँ- रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधि सभा बैठकमा सभामुखले आफूहरूलाई बोल्न नदिएको जिकिर गरेका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्ने दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भएपनि त्यसविपरीत सभामुखले आफूहरूलाई बोल्न नदिएको बताए ।

सभामुखले दलीय आधारमा बोल्न समय दिएका थिए ।

झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न नसकेको र पेलेरै लाने व्यवहार देखाएको टिप्पणी गरे । प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसँग उधारो सहमति गरेकाले आफूहरूले आन्दोलनलाई निरन्तरता दिएको उनको प्रष्टोक्ति थियो ।

भिजिट भिसा प्रकरणको छानबिनको ठोस प्रक्रिया चालिने भनिए पनि स्पष्ट रूपमा नआएकाले सो सहमतिमा रास्वपा सामेल नभएको उनले बताए ।

झाले नियमावलीको विपरीत काँग्रेसका सांसदलाई आकस्मिक समयमा एक वर्ष पुरानो मुद्दामा बोल्न दिएको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति