नेभिगेशन
सुरक्षा–अपराध

हनिमुनमा प्रेमीसँग मिलेर पतिको हत्याः ६ प्रमाण देखाएपछि सोनमले स्वीकारिन् अभियोग

काठमाडौं– हनिमुनमा गएर विभिन्न व्यक्ति प्रयोग गरी पतिको हत्या गरेको प्रकरणकी मुख्य अभियुक्त सोनम रघुवंशीले हत्या स्वीकार गरेकी छन्। 
यो स्वीकार गर्नका लागि प्रहरीले ६ वटा प्रमाण सोनमलाई देखाएको थियो। 

भारतको मध्य प्रदेशको इन्दौर जिल्लाका ट्रान्सपोर्टका कारोबारी राजा रघुवंशी हत्या प्रकरणकी मुख्य आरोपी सोनम रघुवंशीलाई लिएर प्रहरी मेघालयको सिलाङ पुगेको थियो। 

उनीसँगै पक्राउ गरिएका राज कुशवाह, आकाश राजपूत, विशाल चौहान र आनन्द कुर्मीलाई पनि सिलाङ लगिनेछ।

प्रहरीले ५ जनै आरोपीलाई हिरासतमा राखेर बयान लिने बताइन्छ। 

यसपछि क्राइम सिनका लागि लगेर फेरि घटनाबारे अनुसन्धान हुनेछ। इन्दौरस्थित अदालतले सोनमलाई तीन दिन र अन्यलाई ७ दिन हिरासतमा राख्न आदेश दिएको थियो।
 

यी ६ प्रमाणका कारण हत्या स्वीकार 
प्रहरीका अनुसार बुधबार सोनमसँग सोधपुछका क्रममा सीसीटीभी फूटेज देखाइएको थियो। जहाँ हत्या आरोपीहरुको साथ सोनम पनि देखिइन्।

राजसँगको कल रेकर्ड, रगत लतपतिएको रेनकोट, रगत लतपतिएको सर्ट, हत्याका लागि प्रयोग गरिएका हतियार, सोनमको मंगलसूत्र प्रहरीले देखाएको थियो।

मेघालयका प्रहरी महानिर्देशक इदाशीशा नोंग्रेगले सोनमले मंगलसूत्र र औंठी ब्यागमा राखेर सोहराको होमस्टेमा छाडेकी थिइन्। 

११ मेमा बिहे भएपछि राजा रघुवंशी र सोनम हनिमुनका लागि सिलाङ पुगेका थिए। २१ मेमा त्यहाँ पुगेका उनीहरु मध्य राजाको २३ मेमा हत्या भएको थियो।

२ जुनमा राजाको शव खाल्डोमा फेला पर्दा सोनम बेपत्ता थिइन्। उनी १७ दिनपछि ९ जुनमा उत्तर प्रदेशको गाजीपुरस्थित एक छाप्रोमा उनलाई पक्राउ गरिएको थियो। उनले अन्यलाई टेलिफोन गरी बोलाएकी थिइन्।

यसअघि गाजीपुर प्रहरीले उनलाई हिरासतमा लिइसकेको थियो। इन्दौर प्रहरी मौकामा पुगी सोनालाई औपचारिक हिसाबले नियन्त्रणमा लिएको थियो।

सोनमलाई नियन्त्रणमा लिएपछि राजा हत्याकाण्डको खुलासा भएको थियो। सिलाङ प्रहरीका अनुसार राजाको हत्यापछि सोनमा रेल चढेर पहिला इन्दौर गई भाडाको कोठामा बसेकी थिइन्। इन्दौदेखि उनी बनारस गइन जहाँबाट रेलमा गाजीपुर पुगिन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

दुर्गा पनि पुगे डिल्लिबजार जेल