नेभिगेशन
सुरक्षा–अपराध

पक्राउ पूर्जी जारी गर्नुअघि प्रहरीले पत्रकार पाठकको युट्युव च्यानल दर्ताको जानकारी मागेको थियो

काठमाडौं– पत्रकार दिलभूषण पाठकलाई पक्राउ पूर्जी जारीको माग गर्नुअघि प्रहरीको साइबर ब्यूरोले प्रेस काउन्सिल नेपालसँग पत्राचार गरेको खुलासा भएको छ।

प्रेस काउन्सिल नेपालले पाठकको ‘टफ टक इक्स्प्लेनर’ नामको कार्यक्रम प्रशारण हुने युट्युव च्यानल ‘टफटकवान’ दर्ता नभएको जानकारी प्रहरीलाई पत्राचार गरेपछि पक्राउ पूर्जी जारी गरिएको उच्च स्रोतले जनाएको छ। 

सुरक्षा स्रोतका अनुसार त्यस्तो जानकारीका कारण नै पक्राउ पूर्जी जारी भएको हो।

यता पक्राउ पूर्जी जारी भएको खबर सर्वत्र आउँदा पनि साईबर ब्यूरोले औपचारिक रुपमा जानकारी दिएको छैन। कसरी र किन पक्राउ पूर्जी जारी भयो भन्ने सन्दर्भमा साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) दीपकराज अवस्थीले यस विषयमा पूरा जानकारी नरहेको बताए। 

उनले क्यानडानेपाललाई भने,‘यसबारेको विस्तृत जानकारी र रिपोर्ट तयार भएको खण्डमा पब्लिकल्लि आउने कुरा भयो, अहिले मलाई खास जानकारी छैन।’

टफटक इक्स्प्लेनरमा पत्रकार पाठकले काठमाडौंको हिल्टन होटलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाका छोरा जयवीर देउवाको लगानी रहेको भनी रिपोर्ट तयार पारेका थिए। 

सोही रिपोर्टका कारण जयवीरले साइबर ब्यूरोमा उजुरी दिएकाले पत्रकार पाठकविरुद्ध पक्राउ पूर्जी जारी भएको आशंकासहितका अनुमान सतहमा आएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

टिकटकर रमा बस्नेत पक्राउ

दुर्गा पनि पुगे डिल्लिबजार जेल