नेभिगेशन
राजनीति

महालेखाले काठमाण्डौका परम्परागत जात्राको बजेट पनि बेरूजु देखायो

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार काठमाण्डौ महानगरपालिकाले परम्परागत जात्रा र पूजासंस्कृतिका लागि छुट्याएको रकम ‘बेरूजु’ मा सूचीकृत गरेको पाइएको छ।

महालेखाको प्रतिवेदनले परम्परागत जात्राको संरक्षण र प्रवर्द्धनका लागि छुट्याइएका रकमलाई समेत नियमनबिना खर्च भएको भन्दै प्रश्न उठाएको हो। काठमाण्डौ, ललितपुर लगायतका पालिकाहरूले बर्षौँदेखि यस्ता परम्परागत जात्राका लागि बजेट दिने गरेका छन्।

महालेखाको प्रतिवेदनमा “विभिन्न पर्व, पूजा, गुठी तथा खलःहरूलाई प्रदान गरिएका लाखौं रुपैयाँ बराबरका अनुदानहरू” को लेखाजोखा अस्पष्ट भएको भन्दै त्यस्ता शीर्षकमा खर्च भएका रकमहरू बेरूजु सूचीमा राखिएको उल्लेख गरिएको छ। उदाहरणका लागि, ४७ टोलका परम्परागत ५० वटा गुठि / खलः हरुलाई दुई लाखका दरले मौलिक १ करोड संस्कृति संरक्षण नगद अनुदान, त्यस्तै, ६३ टोलका परम्परागत ६७ वटा गुठि / खलः हरुलाई दुई लाख का दरले १ करोड ३४ लाख संस्कृति संरक्षण अनुदान आदिलाई समेत बेरूजुमा राखिएको छ।

यस विषयमा महानगरपालिकाको प्रतिक्रिया भने आउन बाँकी छ। परम्परागत संस्कृति तथा स्थानीय तहका कार्यकर्ता र गुठी संस्थाहरूले भने यस्ता खर्चलाई ‘बेरूजु’ भनिनु आफूहरूको सांस्कृतिक अधिकारमाथिको हस्तक्षेप भएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति