नेभिगेशन
सुरक्षा–अपराध

प्रेमीसँग मिलेर हनिमुनमा जाँदा पतिको हत्या प्रकरणः सोनम भाडाको कोठामा पनि बसिन्

काठमाडौं– हनिमुनमा गएर विभिन्न व्यक्ति प्रयोग गरी पतिको हत्या गरेको प्रकरण अहिले नयाँ नयाँ तथ्य र बयानको चरणमा पुगेका विवरण सतहमा आएका छन्।

भारतको मध्य प्रदेशको इन्दौर जिल्लाका ट्रान्सपोर्टका कारोबारी राजा रघुवंशी हत्या प्रकरणकी मुख्य आरोपी सोनम रघुवंशीलाई लिएर प्रहरी मेघालयको सिलाङ पुगेको छ।

सोनमलाई मेडिकल टेस्टका लागि प्रहरीले गणेश दास अस्पताल लगेको भारतीय मिडिया न्यूज २४ले जनाएको छ।

मेडिकल गराएपछि रिपोर्टसँगै सोनमलाई अदालतमा लगिने बताइन्छ। उनीसँगै पक्राउ गरिएका राज कुशवाह, आकाश राजपूत, विशाल चौहान र आनन्द कुर्मीलाई पनि सिलाङ लगिनेछ।

प्रहरीले ५ जनै आरोपीलाई हिरासतमा राखेर बयान लिने बताइन्छ। यसपछि क्राइम सिनका लागि लगेर फेरि घटनाबारे अनुसन्धान हुनेछ। इन्दौरस्थित अदालतले सोनमलाई तीन दिन र अन्यलाई ७ दिन हिरासतमा राख्न आदेश दिएको थियो।

११ मेमा बिहे भएपछि राजा रघुवंशी र सोनम हनिमुनका लागि सिलाङ पुगेका थिए। २१ मेमा त्यहाँ पुगेका उनीहरु मध्य राजाको २३ मेमा हत्या भएको थियो।

२ जुनमा राजाको शव खाल्डोमा फेला पर्दा सोनम बेपत्ता थिइन्। उनी १७ दिनपछि ९ जुनमा उत्तर प्रदेशको गाजीपुरस्थित एक छाप्रोमा उनलाई पक्राउ गरिएको थियो। उनले अन्यलाई टेलिफोन गरी बोलाएकी थिइन्।

यसअघि गाजीपुर प्रहरीले उनलाई हिरासतमा लिइसकेको थियो। इन्दौर प्रहरी मौकामा पुगी सोनालाई औपचारिक हिसाबले नियन्त्रणमा लिएको थियो।

सोनमलाई नियन्त्रणमा लिएपछि राजा हत्याकाण्डको खुलासा भएको थियो। सिलाङ प्रहरीका अनुसार राजाको हत्यापछि सोनमा रेल चढेर पहिला इन्दौर गई भाडाको कोठामा बसेकी थिइन्। इन्दौदेखि उनी बनारस गइन जहाँबाट रेलमा गाजीपुर पुगिन्। 

सोनममाथि प्रेमी राजसँग मिलेर राजाको हत्या गरेको अनुसन्धान जारी छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

टिकटकर रमा बस्नेत पक्राउ

दुर्गा पनि पुगे डिल्लिबजार जेल