नेभिगेशन
सुरक्षा–अपराध

टोखामा गोली चल्यो, दुई लागु औषध कारोबारी नियन्त्रणमा

काठमाडौं- काठमाडौंको टोखामा गोली चलेको छ।

टोखास्थित ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो।

गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएको बताइएको छ । मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए । घाइते उनीहरुलाई उपचारका लागि अस्पताल लगिँदैछ । घाइतेको नाम भने खुलेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

टिकटकर रमा बस्नेत पक्राउ

दुर्गा पनि पुगे डिल्लिबजार जेल