नेभिगेशन
सुरक्षा–अपराध

रोजगारीका लागि यूके पठाउने भन्दै ११ करोडबढी ठगी गर्ने को हुन् यी दुई?

काठमाडौं– मोरङ र धनुषाका दुई जना मिलेर विभिन्न ३८ जनालाई रोजगारीका लागि यूके (बेलायत) पठाउने भनेर ११ करोड रुपैंया बढी ठगी गरेको अभियोग लागेको छ। 

प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा छन्।

कोटेश्वरस्थित नरेफाँटबाट २५ जेठमा पक्राउ गरिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको छ। 

उनीहरुमाथि थप अनुसन्धान जारी रहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए।

उनीहरुले रोजगारीको लागि बेलायत पठाइदिन्छौँ भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार ठगी गरेको आरोप छ। 

उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी आचार्यले बताए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

टिकटकर रमा बस्नेत पक्राउ

दुर्गा पनि पुगे डिल्लिबजार जेल