नेभिगेशन
सुरक्षा–अपराध

यूके जान पाइने लोभमा ३८ जना ठगिए, ११ करोड रुपैयाँ ठगेको आरोपमा दुई पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा बेलायत पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं-६ बस्ने मोरङ रतुवामाई-१० का ४४ वर्षीय लक्ष्मण पराजुली र काठमाडौं-३२ नरेफाँट बस्ने धनुषा सबैला-१२ का ४७ वर्षीय अरुणराज शर्मा छन्।

हालसम्म खुलेको विवरणअनुसार दुवैले ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। दुवैलाई प्रहरीले कार्बाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागको जिम्मा लगाएको छ।

यसअघि प्रहरीले गत शुक्रबार यस्तै कसुरमा ३ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२२ बस्ने रौतहट परोहा-८ का ३५ वर्षीय हरिकृष्ण ठाकुर, ललितपुर महानगरपालिका-५ बस्ने नवलपुरको कावासोती-१ की ४१ वर्षीया रिना गुरौ र काठमाडौंको नागार्जुन-१५ बस्ने काभ्रे पाँचखाल-३ का ५५ वर्षीय कविराज सिपखान छन्।

पक्राउ परेकामध्ये हरिकृष्णले कतार पठाइदिन्छु भन्दै एक जनाबाट १ लाख रूपैयाँ, रिनाले पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै ३ जना पीडितबाट १८ लाख ५५ हजार र कविराजले युके पठाइदिन्छु भन्दै एक जनाबाट ४१ लाख १४ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेका थिए।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

टिकटकर रमा बस्नेत पक्राउ

दुर्गा पनि पुगे डिल्लिबजार जेल