नेभिगेशन
खेलकुद

जर्मनीलाई हराउदै नेसन्स लिगमा तेसो भयो फ्रान्स

काठमाडौँ - फ्रान्स युइएफ नेसन्स लिगमा तेसो भएको छ ।

तेस्रो स्थानको लागि आइतबार सम्पन्न खेलमा फ्रान्सले जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै तेस्रो भएको हो ।

फ्रान्सको जितमा किलीयन एम्बाप्पे र माइकल ओलीसले एक एक गोल गरेका थिए ।

२०२१ मा नेसन्स लिग जितेको फ्रान्स यस पटक तेस्रो भएको हो । त्यस्तै जर्मनी यस नेसन्स लिगमा चौथो भएको छ ।

यस सिजनको नेसन्स लिगको फाइनलमा आज राति स्पेन र पोर्चुगल भिड्दैछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद