नेभिगेशन
खेलकुद

एम्ब्बाप्पेले पूरा गरे फ्रान्सका लागि ५० गोल

काठमाडौं- स्टार स्ट्राइकर किलियन एम्बाप्पेले फ्रान्सका लागि ५० गोल पूरा गरेका छन् ।

आइतबार एमपीएच एरिनामा जर्मनीविरुद्ध युइएफए नेशन्स लिगको तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स राष्ट्रिय टोलीका लागि उनले ५०औं गोल गरेका छन्।

अब उनी फ्रान्सका सर्वाधिक गोलकर्ता सूचीमा दोस्रो स्थानमा रहेका थियरी हेनरीको कीर्तिमान बराबरी गर्न केवल एक गोल टाढा छन्। यस सूचीमा ओलिभियर जिरुड ५७ गोलसहित शीर्ष स्थानमा छन्।

यसअघि फ्रान्सलाई नेशन्स लिगको फाइनल पुग्नबाट स्पेनले रोकेको थियो, जहाँ साविक विजेता स्पेनले ५–४ गोलअन्तरको जित निकालेको थियो।

२०१७ मा फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यू गरेका एम्बाप्पेले अहिलेसम्म लेस ब्लेस (फ्रान्स टोली) का लागि ९० खेल खेलेका छन्।

उनी सन् २०१८ को फिफा विश्वकप जित्ने टोलीका

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद