नेभिगेशन
राजनीति

अनेरास्ववियुको महाधिवेशन सुरु

काठमाडौँ- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ केन्द्रीय महाधिवेशन सुरु भएको छ ।

कीर्तिपुरमा सुरु भएको महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

महाधिवेशन सुरु भएसँगै नेतृत्वको चर्चा पनि त्यतिकै चलेको छ । पार्टीले ३२ वर्षे उमेर हद लगाएसँगै धेरै विद्यार्थी नेताहरू यो महाधिवेशनपछि अनेरास्ववियुको राजनीतिबाट बाहिरिँदै छन् ।

अध्यक्षका लागि चारजनाको प्रबल दाबेदारी छ । डा. सुजन कडरिया, प्रकाश पौडेल, अञ्जना सिवाकोटी र दीपक धामीले अध्यक्षमा दाबी गरेका छन् । उनीहरूलाई राखेर सर्वसम्मत नेतृत्वको लागि छलफल भइरहेको नेकपा एमाले संगठन विभाग सचिव तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेलले बताए ।

भर्खर महाधिवेशन उद्घाटन भएको तथा मनोनयन दर्ता नभइसकेकोले अनौपचारिक छलफल चलिरहेको छ ।

महाधिवेशनबाट ११ जना पदाधिकारीसहित १५१ सदस्यीय कमिटी बन्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

सदनमा फेरि विपक्षीको अवरोध