नेभिगेशन
राजनीति

कमल थापा भन्छन्- केपी ओलि मेरो आत्मिय मित्र हुन् तर दुर्व्यबाहार गर्न लगाए

काठमाडौ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापा यतिबेला राजसंस्था स्थापना आन्दोलनमा होमिएका छन्।

पछिल्लो पटक उनलाई प्रहरीले सडकमा लतारेर गिरफ्तार गरेको तस्बिर भाइरल भएको छ। संघीय लोकतान्त्रिक मुलुकमा फेरि किन राजतन्त्र चाहिन्छ भन्ने सैद्धान्तिक व्याख्या गर्ने कोसिस थापाले गरेका छन्।

एक अन्तरबार्तामा उनले प्रधानमन्त्री केपी ओलीले आफुलाई गरेको ब्यवहारप्रति यस्तो भनेका छन् मलाई आश्चर्य लागेको छ।

खासगरी बहुदलीय प्रजातन्त्रको सुरुवातदेखि उहाँसँग व्यक्तिगत रूपमा भेटघाट, चिनजान र सहकार्य रहँदै आएको थियो। उहाँ पनि मलाई स्नेह गर्नुहुन्थ्यो। कतिपय सन्दर्भमा सहयोग पनि गर्नुभएको छ, तर पछिल्लो कार्यकालमा उहाँका कार्यशैली, व्यवहार र नीतिगत रूपमा विचलन र परिवर्तन आएको छ। यसले राष्ट्र, उहाँको पार्टी र उहाँको व्यक्तिगत लोकप्रियता र व्यक्तित्वमा समेत धेरै ह्रास आएको महसुस गरेको छु।

यस्तै उनले भनेका छन् विचार फरक हुनु प्रजातन्त्रमा स्वाभाविक हो। फरक–फरक विचारबिचको प्रतिस्पर्धा नै प्रजातन्त्रको सौन्दर्य हो। यो संविधानले विचार, स्वतन्त्रता र विनाहातहतियार भेला हुने अधिकारलाई सुनिश्चित गरेको छ। त्यसलाई कुण्ठित पार्ने काम सरकारबाट भइरहेको छ।

"मैले आफूलाई एउटा मित्रका रूपमा ठानिरहेका प्रधानमन्त्री जसको पहिलो कार्यकालमा म उपप्रधानमन्त्री भएर परराष्ट्रमन्त्रीजस्तो महत्वपूर्ण जिम्मेवारी वहन गरिरहेको थिएँ।

व्यक्तिगत रूपमा केपी ओलीप्रति मेरो आत्मीय मित्रता पनि थियो। सम्मान पनि थियो। उहाँकै वर्तमान कार्यकालमा उहाँअन्तर्गतकै प्रहरी प्रशासनले ममाथि जुन किसिमको दुव्र्यवहार गर्‍यो, त्यसले मलाई दुःखी बनाएको छ। खिन्नता लागेको छ। तर म शारीरिक र मानसिक रूपमा आफ्नो विचार र सिद्धान्तप्रति अटल छु। त्यो घटनाले मेरो प्रतिबद्धतामा कुनै कमी आएको छैन।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

सदनमा फेरि विपक्षीको अवरोध