नेभिगेशन
राजनीति

काँग्रेस-माओवादीबीचको छलफल निष्कर्षविहीन

काठमाडौँ- नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूको छलफल निष्कर्षविहीन बनेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा माओवादीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको लागि समर्थन मागेका थिए । 

काँग्रेसका नेताहरू भने माओवादीको आग्रहमा सहमत नभएको नेताहरूले बताएका छन् ।

छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिवद्वय वर्षमान पुन, शक्ति बस्नेत लगायत सहभागी थिए । काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता ज्ञानेन्द्र कार्की लगायत थिए ।

काँग्रेससँग छलफलमा बस्नुअघि माओवादीले विपक्षी दलहरूको बैठक राखेको थियो । त्यसअघि माओवादी अध्यक्ष प्रचण्डले शनिबार काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन ।

यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ ।

जेठ १५ गते विपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिएनन् । त्यसयता बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

सदनमा फेरि विपक्षीको अवरोध