नेभिगेशन
राजनीति

विपक्षी दलहरूको बैठक जारी

काठमाडौँ- विपक्षी दलहरूको बैठक सुरु भएको छ । संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बैठक बसिरहेको हो ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।

सभामुख घिमिरेले पटक पटक संसद् अवरोध अन्त्य गर्ने प्रयास गरिरहेका छन् । यद्यपि बैठक सञ्चालन हुन भने सकेको छैन ।यसैबीच शीर्षस्थ नेताहरूबीच पनि संसद्को अवरोध खुलाउने बारेमा छलफल भइरहेको हो । सभामुख घिमिरेले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

संसद बैठक सवा ३ बजे बोलाईयो