नेभिगेशन
राजनीति

दुई सातादेखि ज्ञानेन्द्र शाह झापामा, पूर्वराष्ट्रपति भण्डारी पनि पुगिन्

काठमाडौं– राजधानीमा राजावादी आन्दोल जारी रहँदा झापाको दमक पुगेका छन्, ज्ञानेन्द्र शाह दम्पत्ती। कोमल शाहसहित ज्ञानेन्द्र दुई सातादेखि हिमालय टि गार्डेन रहेको आफ्नो फार्म हाउसमा बसिरहेका छन्। 

उनले स्थानीय राजावादी नेता र कार्यकर्तासँग भेट गर्दै आएको बताइएको छ। ‘उहाँ अहिले आरामका लागि र विदा मनाउने हिसाबले आउनुभएको हो’, उच्च स्रोतले भन्यो।

उनी झापाको दमकमा रहँदा काठमाडौंमा भने राजसंस्थावादीको आन्दोलन चलिरहेको थियो। अहिले राजसंस्थावादीले आगामी आन्दोलनका कार्यक्रमको रणनीति बनाइरहेका छन्। 

यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि शुक्रबार झापा पुगेकी छन्। नेकपा एमालेका नेता कार्यकर्तासँगको भेट सकेर बिराटनगरबाट उनी झापा पुगेकी हुन्। 

झापामा ज्ञानेन्द्र र उनको भेट भने हुने छैन। ‘उहाँ पार्टीका नेता कार्यकर्ता र केही औपचारिक कार्यक्रमका लागि आउनुभएको हो। ज्ञानेन्द्र शाहसँग भेट हुने भन्ने त कुरै भएन’, एमाले एक स्थानीय नेताले भने।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति