नेभिगेशन
राजनीति

वाईसीएलको निर्वाचन तालिका तेस्रो पटक संशोधन

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को निर्वाचन कार्यतालिका पुनः संशोधन गरिएको छ ।

नयाँ नेतृत्वका लागि आइतबारदेखि जारी सम्मेलनले हालसम्म नेतृत्व चयन गर्न सकेको छैन । बिहीबार सहमतिबाट नयाँ कमिटी ल्याउने तयारी भए पनि सम्भव नभएपछि आजका नयाँ कार्यतालिका प्रकाशित गरिएको छ ।

तीन दिनका लागि तय भएको सम्मेलन नयाँ नेतृत्व चयन गर्न नसक्दा छ दिन लम्बिएको छ ।

शुक्रबार दिउँसो १:१५ बजेदेखि उम्मेदवारी दर्ताको नयाँ कार्यतालिका ल्याइएको थियो । हिजो कार्यतालिका कार्यान्वयन नभएपछि शुक्रबार बिहान ८ बजेदेखि सुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । उक्त अवधिमा समेत नयाँ कमिटीका लागि सहमति जुट्न नसकेपछि थप छलफलका लागि समय आवश्यक परेसँगै कार्यतालिका संशोधन गरिएको छ । २:४५ बजे उम्मेदवारको नाम प्रकाशन र दाबी विरोधको समय तोकिएको छ ।

उम्मेदवार उपर परेका उजुरीको सूचना प्रकाशनको समय दिउँसो ३:३० बजे, ३:४५ मा उजुरी उपर छानबिन गरी निर्णय गर्ने निर्वाचन आयोगले निकालेको सूचनामा जानकारी गराइएको छ । उम्मेदवारको अन्तिम नामावली ५:२० बजेका लागि तय गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति