नेभिगेशन
राजनीति

पूर्वउद्योगमन्त्री अनिलकुमार झालाई जालसाजी मुद्दा

काठमाडौं– पार्टी निर्णयको जालझेल गरी निर्वाचन आयोगमा विवरण बुझाएपछि पूर्वउद्योगमन्त्री अनिलकुमार झालाई जिल्ला अदालत धनुषामा जालसाजी मुद्दा दर्ता गरिएको छ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोसहित २१ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले २०८२ वैशाख २५ गते नेता झासहित दुईजना विरुद्ध जालसाजीसम्बन्धी मुद्दा धनुषा जिल्ला अदालतमा दर्ता गरेका हुन्। 

किर्ते कागजात तयार पारेर झूटो ब्यहोरा पेश गरी निर्वाचन आयोगमा कमिटी अद्यावधिकका लागि निवेदन दर्ता गराएको आरोप मुद्दामा उल्लेख छ।

झासँगै निवेदकहरूले आफ्ना केन्द्रीय महासचिव सरस्वती कुमारी झालाई समेत प्रतिवादी बनाइएको छ।

२०८१ चैत ९ गते नेपाल सद्भावना पार्टीको बैठक बसेर केही निर्णयहरू गरिए पनि विपक्षी अनिल कुमार झाले नेपाल सद्भावना पार्टीको केन्द्रीय महासचिव सरस्वती कुमारी झालाई आफ्नो प्रभाव लिइएको दर्ता गरिएको निवेदनमा उल्लेख छ।

विभिन्न व्यक्तिहरूलाई विभिन्न पदको पदाधिकारी बनाई झूटा ब्यहोराको कागज तयार गरी चैत्र २९ निर्वाचन आयोग कार्यालयमा दर्ता गराएको रिट निवेदकहरूको दाबी छ।

विपक्षीहरुले आफूहरूलाई पदबाट पदच्युत गरी झुटा रूपमा आफू लगायत अन्य व्यक्तिहरूलाई पदाधिकारी बनाई आफ्नो फाइदाको लागि झुटा ब्यहोराको कागज बनाई निर्वाचन आयोगको कार्यालयमा पेश गरी मुलुकी अपराध संहिता २०७४ को दफा २७९ बमोजिमको अपराध गरेकोले हदैसम्मको कारबाही माग गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति