नेभिगेशन
पूर्वाधार

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण गरिँदै

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ ।

राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो ।

मोदी गाउँपालिका– २ र पातीचौर– ६ डिमुवा जोड्नेगरी पुल निर्माण हुन लागेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका इञ्जिनियर कल्पना मिश्रका अनुसार आर्क ब्रिज निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पुल विभागबाट स्वीकृत भएको छ । पुल निर्माण हुने स्थानमा रहेका विद्युतका उपकरण हटाउने काम भइरहेको इञ्जिनियर मिश्रले जानकारी दिए ।

६२ मिटर लामो र ११ मिटर चौडा पुल निर्माणका निम्ति सात करोड ५० लाखमा ठेक्का सम्झौता भइसकेको छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्