नेभिगेशन
अर्थ विविध

लाइसेन्स छाप्ने कार्य तीन दिन बन्द हुने

काठमाडौँ- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य तीन दिन बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै २७ जेठदेखि २९ जेठसम्म लाइसेन्स छपाइ कार्य बन्द हुने जनाएको छ ।

तीन दिन लाइसेन्स छपाइ कार्य बन्द गरेर स्मार्ट कार्ड प्रिन्टर मर्मत गरिने विभागको सूचनामा उल्लेख छ ।

‘‘यस विभागको स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइ कार्य बन्द हुने हुँदा उक्त अवधिमा अत्यावश्यक सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले मिति २०८२ । ०२ । २५ गते अगावै निवेदन बुझाइ एप्रुभ भएको समेत यकिन गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ,’ सूचनामा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्