नेभिगेशन
समाज विविध

काफ्लेले पाण्डेको छानबिन गर्ने!

काठमाडौं– निलम्बन गरिएका काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेमाथि छानबिनका लागि समिति गठन गरिएको छ।

पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरी उनको जिम्मेवारी हाललाई बिष्णु जोशीलाई दिईएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छेकबार लगाउने महानगर बलका प्रमुख राजु पाण्डे माथि छानबिन गर्न  समिति गठन गरिएको हो। 

छानबिन गर्न प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ। पाण्डेको निलम्बन फुकुवा गर्ने कि कारबाही गर्ने भन्ने काफ्ले समितिको प्रतिवेदनका आधारमा तय हुने बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्