नेभिगेशन
समाज विविध

२१ जेठको संयोगः दीप प्रज्वलनमा दिवंगत राजा दीपेन्द्रको तस्बिर नराख्नुको ‘कारण’

काठमाडौं– दीवंगत राजा वीरेन्द्र शाहका परिवारसहित सबैको हत्या भएको ‘दरबार हत्याकाण्ड’ स्मरण गर्दै दीप प्रज्वलनको कार्यक्रममा सबैको तस्बिर हुँदा दीपेन्द्रको किन भएन? भन्ने प्रश्न र बहस चलेको थियो।

वीरेन्द्र, ऐश्वर्य, निराजन, श्रुतीको तस्बिर हुँदा दीपेन्द्रको किन राखिएन भनी राजसंस्थावादीले नै आक्रोश पोखेका भिडिओ सामाजिक सञ्जालमा भाइरल भए।
दीप प्रज्वलनमा हिमानी शाह र उनका छोरा हृदयेन्द्रको सहभागीता रहेको थियो। 

आखिर दीपेन्द्रको तस्बिर किन राखिएन? धेरैले दरबार हत्याकाण्ड मच्चाउने दीपेन्द्र रहेका कारणले नै नराखिएको भन्ने प्रकारको बुझाईमा टीप्पणी गरेका थिए। 

तर, यसको खास कारणचाहिँ २०५८ जेठ १९ गते दीपेन्द्रको निधन नभएका कारण नराखिएको पनि बताइन्छ। दरबार हत्याकाण्डको दुई दिनपछि उपचारका क्रममा दीपेन्द्रको निधन भएको थियो। 

उनी २०५८ जेठ २१ गते अस्पतालमा स्वर्गीय भएका कारणले तस्बिर नराखिएको तर्क राजसंस्थावादीले गरेका छन्। त्यो दुई दिनका लागि नै उनलाई राजा घोषणा गरिएको थियो। 

२१ जेठमा उनको निधन भएपछि मात्र ज्ञानेन्द्र शाह नयाँ राजाका रुपमा घोषणा गरिएका थिए। पछि दरबार हत्याकाण्ड छानबिन समितिको प्रतिवेदनले भने दीपेन्द्रले नै उक्त घटना गराएको ठहर गरेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्