नेभिगेशन
राजनीति

राजसंस्थावादी आन्दोलनका कारण सरकारले खोसेको रहेछ राप्रपा नेताहरूका सुरक्षाकर्मी

काठमाडौं– राजसंस्थावादी आन्दोलनमा सहभागी भएको, आयोजना गरेका कारण राप्रपाका विभिन्न नेताको सुरक्षाकर्मी फिर्ता बोलाएको सरकारले अनौठो सर्त राखेको छ।

सुरक्षाकर्मी फिर्ताका निम्ति सरकारले राप्रपालाई राजावादी आन्दोलन रोक्नुपर्ने सर्त राखेको हो।

गृहमन्त्री रमेश लेखकले राज्य व्यवस्था समितिको बैठकमा यस्तो जानकारी दिएका हुन्। 

संविधानले वाक स्वतन्त्रता तथा विचार राख्न पाउने अधिकार सुरक्षित गरे पनि कांग्रेस–एमाले गठबन्धन सरकारले त्यसको उल्लङ्घन गरी मनोपोली सर्त राखेको खुलासा गृहमन्त्री लेखकबाटै भएको हो। 

उपप्रधानमन्त्री बनिसकेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, दीपकबहादुर सिंह, प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) र प्रहरीका पूर्वप्रमुख समेत रहेका ध्रुबबहादुर प्रधानका सुरक्षा गार्ड सरकारले खटाएको थियो।

जेठ १५ गतेदेखि राप्रपासहितका दलले राजसंस्थावादी आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। सोही दिनदेखि सरकारले चारै जना नेताको एडीसी फिर्ता गरेको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति