नेभिगेशन
राजनीति

११ बजे सचेतक, प्रमुख सचेतकसित सभामुख बसेपछि १२ बजे कार्यव्यवस्था समितिको बैठक

काठमाडौं– प्रतिनिधि सभामा हुने सम्भावित अवरोधलाई खुलाएर बजेटमाथिको छलफल चलाउन सभामुख देवराज घिमिरेले शुक्रबार ११ बजे प्रमुख सचेतक र सचेतकको बैठक डाकेका छन्।

गृहमन्त्री रमेश लेखकको राजीनामालाई लिएर प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलले सदनमा अवरोध गर्न सक्ने भएपछि सभामुख घिमिरेले यस्तो बैठक डाकेका हुन्। 

सभामुखको सचिवालयका अनुसार प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि १२ बजेका लागि कार्य व्यवस्था समितिको समेत बैठक डाकिएको छ।

सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार सदन अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण, आगामी क्यालेन्डरलगायतका विषयमा सभामुखले आज बिहान ११ बजे मुख्य सचेतक र प्रमुख सचेतक तथा मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति