नेभिगेशन
राजनीति

अर्थमन्त्रीले भने- सांसदहरूका नाममा बजेट छुट्याएको भए देखाइदिनू

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सांसदहरूका नाममा कुनै योजना नराखिएको बताएका छन् ।

बिहीबार सार्वजनिक १९ खर्बभन्दा बढीको नयाँ बजेटबारे शुक्रबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।


अघिल्ला आर्थिक वर्षमा संघीय सांसदहरूका नाममा बजेट छुट्याइँदा चर्को विरोध हुने गरेको थियो । प्रत्यक्ष र समानुपातिकसमेत सांसदहरूका नाममा छुट्याइएको बजेट कार्यकर्ता पोस्न खर्चिने गरेको भन्दै नागरिकतहबाट विरोध हुने गरेको थियो ।

संघीय सरकारले सांसदहरूलाई बजेट बाँड्ने गरेको सिको गर्दै प्रदेश सरकारले पनि त्यही अभ्यास गर्ने गरेका थिए । शुक्रबार पत्रकार सम्मेलनका क्रममा पौडेललाई सांसदहरूका नाममा बजेट छुट्टिएको नछुट्टिएकोबारे जिज्ञासा राखिएको थियो ।


बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य दिने क्रममा पौडेलले सांसदहरूका नाममा बजेट छुट्याएकोबारे केही उच्चरण नगरेपछि उनलाई शुक्रबार पत्रकारहरूले जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति