नेभिगेशन
राजनीति

बागबजारमा राप्रपा अध्यक्ष लिङ्देनका चालकलाई कुटपिट, एमालेका कार्यकर्ता भएको आशंका

काठमाडौं– राजसंस्थावादीको आन्दोलनमा सहभागी र सम्बोधनका लागि शान्ति बाटिका पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका चालकमाथि विहीबार कुटपिट भएको छ।

बागबजारमा लिङ्देनलाई पर्खिएर बसेका उनलाई केही युवा आएर कुटपिट गरेका थिए। शान्ति बाटिकामा राजावादी आन्दोलनका समर्थकको भेला चलिरहेको छ।

त्यहाँ राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत सहभागी छन्।

बागबजारमा गाडी पार्क गरेर पर्खिरहेका राजेन्द्र लिङ्देनका ड्राइभर रामशरण चौलागाईँलाई केही युवाले कुटपिट गरेका हुन्। 

केहीबेरमा प्रहरी तथा अन्य युवाहरूले चौलागाईँलाई जोगाएका थिए। उनलाई कसले कुटेको हो भन्नेबारे प्रहरीले नबताए पनि शान्ति बाटिकामै एमालेको गणतन्त्र उत्सवमा सहभागी भएका कार्यकर्ता भएको आशंका गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति