नेभिगेशन
राजनीति

राजावादी आन्दोलनमा भयो घुसपैठ, दुई जनालाई कुटपिटपछि के भयो?

काठमाडौं– रत्नपार्कका शान्ति बाटीकामा भएको राजावादी प्रदर्शनका क्रममा घुसपैठ भएको छ।

घुसपैठ गर्ने दुई जनालाई राजावादी कार्यकर्ताले कुटपिट गरेका छन्। 

कुटपिटमा परेका दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर भिडबाट बाहिर निकालेको छ। 

राजावादीहरू आजबाट सुरु भएको ‘संयुक्त जनआन्दोलन’को पहिलो दिन शान्तिबाटीकामा भेला भएका छन्।

राजावादीले काठमाडौँको ७ स्थानबाट जुलुस निकालेको छ। सबैतिरबाट आएका जुलुस रत्नपार्कमा भेला भइसकेपछि टुँडिखेल परिक्रमा गर्दैछन्।

यता, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलन सकिएपछि समीक्षा बैठक बसी आगामी कार्यक्रम तय हुने प्रतिक्रिया दिएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति