नेभिगेशन
राजनीति

काठमाडौं नाकामा मध्यरातमा सेना उतारेर राजावादी समर्थकलाई सोधपुछ

काठमाडौं– संयुक्त जनआन्दोलन समितिको आह्वानमा राजसंस्था पुनःस्थापनाको आन्दोलनमा सहभागी हुन आएका राजावादी विभिन्न संघ संस्था र राप्रपासहितका दलका कार्यकर्तामाथि राज्यले अनावश्यक दुख दिएको सतहमा आएको छ। 

मध्यरातमा काठमाडौं छिर्ने नाकामा नेपाली सेना समेतको प्रयोग गरी सोधपुछ गरिएको र बाटो मोड्ने काम भएको राजावादी शक्तिले जनाएका छन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नौबिसे हुँदै काठमाडौँ आइरहेकारुलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको सूचना प्राप्त भएको बताएका छन्। 

‘राजसंस्था पक्षधरहरूको आजबाट हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाडौँ आइरहेका विभिन्न भूगोलका राष्ट्रवादी साथीहरूलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको भन्ने सूचना आएको छ। त्यसो नगर्न र सहज वातावरण बनाउन जिम्मेवारीपूर्वक प्रशासनको ध्यानाकर्षण गराउँदछ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्।

राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थालाई चुनौती दिँदै आन्दोलन सुरु गरेका छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति