नेभिगेशन
राजनीति

‘कुलिङ पिरियड’ छलछाममा छानबिन गर्ने पक्षमा उभिए सभामुख घिमिरे

काठमाडौं– निजामती कर्मचारी विधेयकमा भएको छलछामको छानबिनको पक्षमा उभिएका छन् सभामुख देवराज घिमिरे। 

कुलिङ पिरियडको प्रावधान राख्ने गरी पारित भएको निजामती विधेयकमा अन्यथा अर्थ लाग्ने गरी शब्द थप भएको विषयमा सभामुख घिमिरेले राजनीतिक दलका नेतासँग छानबिन हुनुपर्ने जिकिर गरेका छन्।

मंगलबार सिंहदरबारमा भएको विभिन्न दलका नेताहरूसँगको छलफलमा सभामुख घिमिरेले यसलाई गम्भीर त्रुटि भनेका थिए।

यो सामान्य विषय नरहेको बताउँदै सभामुखले भने,‘यो सच्याउने मात्रै होइन, गम्भीर छानबिनको विषय हो। यसको कुन प्रोसेसमा पुगेर कुन ठाउँमा पुगेर त्रुटी भएको हो त्यो खोज्छौं।’

यो विषयमा सभामुख घिमिरे संसद सचिवालयका महासचिव, सचिव लगायतसँग छलफलमा रहेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति