नेभिगेशन
राजनीति

निजामती विधेयकमा कर्मचारीलाई देखाएर सांसदहरू उम्कन मिल्दैन : सुमना श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले निजामती विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ को विषयमा आएको विवादमा कर्मचारीलाई दोषी देखाएर सांसदहरू उम्कन नमिल्ने बताएकी छन् ।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेकी श्रेष्ठले कुनै पनि विधेयक समिति, उपसमिति हुँदै संसदको फुल हाउसमा जाने प्रक्रिया रहेकाले गल्ती कमजोरी कहाँबाट भएको हो त्यो पहिला खोज्नु पर्ने बताइन् । उनले कुलिङ अफ पिरियड निजामतीमा मात्र नभएर निजी क्षेत्रलाई समेत लाग्नुपर्ने भन्दै त्यहाँ राखिएको व्यवस्था नै गलत भएको बताइन्।

‘बाहेक भन्ने शब्द कहाँबाट आयो मलाई थाहा छैन भनेर पलपुर भएको छ । त्यो शब्द मूल विधेयकमा छ । जब मूल विधेयकबाट यो बाहेक भन्ने शब्द हटाइन्न, त्यतिबेलासम्म त त्यो कायम रहन्छ’, श्रेष्ठले भनिन्, ‘त्यसैले कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्कन मिल्दैन ।’ श्रेष्ठले हेलचेक्र्याइँ हो वा मिडियामा आएको भरमा बोल्ने संस्कारप्रति प्रश्न उठेको बताइन् । उनले गल्ती सुधार गर्न स्वीकार गर्नुपर्ने पनि बताइन् । समितिबाट कुलिङ पिरियड समेतको व्यवस्था राख्दै सर्वसम्मतिबाट पारित भए पनि अहिले ऐनमा ‘बाहेक’ शब्द थपिएपछि विवाद बढ्दै गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति