नेभिगेशन
राजनीति

यी हुन् राजावादीले जुलुस निकाल्ने काठमाडौंका सात स्थान, लिङ्देनले कहाँको नेतृत्व गर्दैछन्?

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न राजावादी शक्तिका नेताको नेतृत्वमा राजधानीका ७ ठाउँबाट गणतन्त्र बिरोधी राजसंस्था पुनःस्थापनाको मागसहितको जुलुस निस्कने तयारी गरिएको छ।

संयुक्त जनआन्दोलन समितिको संयोजन र राप्रपाको नेतृत्वमा गणतन्त्र दिवसकै दिनबाट अनिश्चितकालीन आन्दोलन थालिएको हो।

सबैतिरबाट आएका शान्तिपूर्ण जुलुस दिउसो दुई बजे रत्नपार्कमा आएर मिसिने छ। 

मैतीदेवी, सिफल, नक्साल, नारायणचौर, त्रिपूरेश्वर, सुन्धारा र अर्को एक ठाउँबाट जुलुस निकालिने छ। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतीदेवीबाट निस्किने जुलुसको नेतृत्व गर्नेछन्। 

राजावादी सबै दल र घटकका नेताहरु आन्दोलनमा सहभागी हुने कार्यक्रम छ। संयुक्त जनआन्दोलन समितिका वयोवृद्ध संयोजक नवराज सुबेदी पनि आउनेछन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति