नेभिगेशन
खेलकुद

आइपिएलमा छक्काको बर्षा, कसले कति हाने ?

काठमाडौँ - यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को लिग चरणका खेलहरु सकिएका छन् । अब आजदेखि नै प्लेअफका खेल शुरु हुने छन् ।


लिग चरण सकिदासम्म २०२५ को लिग चरणमा चौका र छक्काको संख्यामा थोरै वृद्धि भएको पाइएको छ । यस पटक २०२४ को तुलनामा बढी चौका छक्का प्रहार भएका छन् । २०२४ मा १२०८ छक्का प्रहार भएकोमा यस पटक १२१७ छक्का प्रहार गरिएको छ । त्यस्तै २०२४ मा २०७० चौका प्रहार गरिएको थियो भने यस पटक २१३८ चौका प्रहार गरिएको छ । 


सनराइजर्स हैदराबादले गत वर्ष १६० छक्का प्रहार गरेर सबैभन्दा धेरै छक्का प्रहार गरेको थियो भने यस पटक लखनऊ सुपर जाइन्टले १५२ छक्का प्रहार गरेको छ । त्यस्तै राजस्थानले १४६ छक्का प्रहार गरेर शीर्ष २ मा रहेको छ । दुवै प्लेअफको दौडबाट बहने बाहिरिएका छन् ।


खेलाडीहरूमा, लखनऊका निकोलस पूरनले सबैभन्दा बढी ४० छक्का प्रहार गरेका छन् ।  त्यस्तै लखनउकै मिचेल मार्शले ३७ र मुम्बई इण्डियन्सका सूर्यकुमार यादवले ३२ छक्का प्रहार गरेका छन् ।  त्यस्तै पञ्जावका कप्तान श्रेयस अय्यारले ३१ छक्का प्रहार गरेका छन् ।   


त्यस्तै यस आइपिएलमा कुल ९ वटा शतक प्रहार भएका छन् । जसमा सबैभन्दा बढी सनराइजर्सका अभिषेक शर्माले पञ्जावविरुद्ध १४१ रन बनाएका थिए । शतक प्रहार गर्ने अन्य खेलाडीमा वैभव सूर्यवंशी (राजस्थान) , इशान किशन (सनराइजर्स), हेनरिक क्लासेन (सनराइजर्स), मिचेल मार्श (लखनउ), ऋषव पन्त (लखनउ), केएल राहुल (दिल्ली), प्रियांश आर्या (पञ्जाव) र साइ सुदर्शन (गुजरात) रहेका छन् ।         

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद