नेभिगेशन
खेलकुद

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौँ । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुर फाइनलमा पुगेको हो ।

हङकङले दिएको १६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । अब सिंगापुर र नेपालबीच शनिबार फाइनल हुनेछ ।

यसअघि नेपालले पहिलो सेमिफाइनलमा मलेसियामाथि ९ विकेटको सहज जित हासिल गरेको थियो । नेपालले समूह चरणको पहिलो खेलमा नै सिंगापुरलाई हराइसकेको छ । नेपाल फाइनलसम्म आइपुग्दा अपराजित छ भने सिंगापुरले नेपालबाहेक सबै टोलीलाई हराएको छ ।


समूह ए को विजेता बलियो टोलीका रूपमा देखिएको हङकङ भने फाइनलमा पुग्न सकेन । नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।नेपालले उपाधिका लागि सिंगापुरसँग खेल्ने

काठमाडौँ । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुर फाइनलमा पुगेको हो । हङकङले दिएको १६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । अब सिंगापुर र नेपालबीच शनिबार फाइनल हुनेछ ।

यसअघि नेपालले पहिलो सेमिफाइनलमा मलेसियामाथि ९ विकेटको सहज जित हासिल गरेको थियो । नेपालले समूह चरणको पहिलो खेलमा नै सिंगापुरलाई हराइसकेको छ । नेपाल फाइनलसम्म आइपुग्दा अपराजित छ भने सिंगापुरले नेपालबाहेक सबै टोलीलाई हराएको छ । समूह ए को विजेता बलियो टोलीका रूपमा देखिएको हङकङ भने फाइनलमा पुग्न सकेन । नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद