नेभिगेशन
खेलकुद

जनकपुर बोल्ट्सले गर्‍यो आसिफ शेखसहित ६ जना खेलाडी रिटेन

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणका लागि रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ । 

सामाजिक सञ्जालमार्फत जनकपुरले आज रिटेन खेलाडीको सूची सार्वजनिक गरेको हो ।

जनकपुरले मार्की खेलाडी आसिफ शेखसहित सात जना खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका अन्य खेलाडीमा अघिल्लो सिजनका कप्तान अनिल शाह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् ।

यसअघि काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्सले रिटेन र रिलिज खेलाडीको सूची सार्वजनिक गरिसकेका छन् ।

जनकपुर बोल्ट्स एनपीएलको साविक विजेता टोली हो । 

पहिलो सिजनको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुरले उपाधि जितेको थियो । एनपीएलको दोस्रो सिजनका लागि मार्कीबाहेक छ जना खेलाडीसम्म रिटेन गर्न पाउने प्रावधान छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद