नेभिगेशन
खेलकुद

बंगालदेशविरुद्धको टी-२० सिरिजमा पाकिस्तानको विजयी शुरुवात

काठमाडौँ - पाकिस्तानले बंगालदेशविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गएको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा पाकिस्तान ३७ रनले जित हासिल गरेको हो ।

पाकिस्तानले दिएको २०२ रनको लक्ष्य पछाएको बंगलादेशले १९.२ ओभरमा अल आउट हुदै १६४ रन बनाएको थियो ।

बंगलादेशका लागि कप्तान लिटन दासले ४८ रन बनाएका थिए भने जाकर अलीले ३६ र टानजिद हसनले ३१ रन बनाएका थिए । त्यस्तै पाकिस्तानका बलर हसन अलीले सर्बाधिक ५ विकेट लिएका थिए भने शडाब खानले २ विकेट लिएका थिए ।  

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै २०१ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान सलमान अघाले सर्बाधिक ५६ र शडाब खानले ४८ रन बनाएका थिए । त्यस्तै हसन नवाजले ४४ र मोहमद हरिसले ३१ रन बनाएका थिए ।

यो जितपछि पाकिस्तानले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल शुक्रबार हुने छ ।
  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद